मनपरी चामलको मूल्य बढाउने व्यापारीहरूलाई कडा कारबाही हुने

मनपरी चामलको मूल्य बढाउने व्यापारीहरूलाई कडा कारबाही हुने : Icon Khabar

काठमाडौँ, साउन १७ । चामलको मूल्य बढाउने व्यापारीहरूलाई कारबाही हुने भएको छ । एक साताअघि भारतले बासमती बाहेकका चामल निर्यात नगर्ने निर्णय गरेकाे थियाे । भारतबाट नेपालमा चामल नभित्रने भएपछि बजारमा चामलकाे मूल्य मनपरी बढाइएकाे थियाे ।

चामलकाे मूल्य वृद्धि भएकाे भन्दै विराेध हुन लागेपछि सरकारले व्यापारीलाई कारबाही गर्ने भएकाे हाे । बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ ।

साेमबार, विभाग र उद्योग वाणिज्य महासंघका वाणिज्य विभागका पदाधिकारीहरूबीच चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो । भारतबाट चामल आयात हुन छाडेपछि नै चामलको भाउ बोरामा २०० देखि २५० रुपैयाँसम्म बढिसकेकाे छ ।

सरकारले चामलमा प्रतिबन्ध लाग्नु अघि भण्डारणमा रहेको चामल बजारमा बिक्री गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । कसैले बढी मूल्य लिएमा उपभोक्ताले सिधै विभागलाई जानकारी गराउन पनि अनुराेध गरेको छ । कसैले मूल्य वृद्धि गरेको पाइएमा विभागले कारबाही गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts