मनपरी चामलको मूल्य बढाउने व्यापारीहरूलाई कडा कारबाही हुने

मनपरी चामलको मूल्य बढाउने व्यापारीहरूलाई कडा कारबाही हुने : Icon Khabar

काठमाडौँ, साउन १७ । चामलको मूल्य बढाउने व्यापारीहरूलाई कारबाही हुने भएको छ । एक साताअघि भारतले बासमती बाहेकका चामल निर्यात नगर्ने निर्णय गरेकाे थियाे । भारतबाट नेपालमा चामल नभित्रने भएपछि बजारमा चामलकाे मूल्य मनपरी बढाइएकाे थियाे ।

चामलकाे मूल्य वृद्धि भएकाे भन्दै विराेध हुन लागेपछि सरकारले व्यापारीलाई कारबाही गर्ने भएकाे हाे । बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ ।

साेमबार, विभाग र उद्योग वाणिज्य महासंघका वाणिज्य विभागका पदाधिकारीहरूबीच चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो । भारतबाट चामल आयात हुन छाडेपछि नै चामलको भाउ बोरामा २०० देखि २५० रुपैयाँसम्म बढिसकेकाे छ ।

सरकारले चामलमा प्रतिबन्ध लाग्नु अघि भण्डारणमा रहेको चामल बजारमा बिक्री गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । कसैले बढी मूल्य लिएमा उपभोक्ताले सिधै विभागलाई जानकारी गराउन पनि अनुराेध गरेको छ । कसैले मूल्य वृद्धि गरेको पाइएमा विभागले कारबाही गर्ने भएको छ।

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी