बागमती प्रदेशमा डेंगु सङ्क्रमण बढ्दै, सबैभन्दा बढि संक्रमित धादिङमा

बागमती प्रदेशमा डेंगु सङ्क्रमण बढ्दै, सबैभन्दा बढि संक्रमित धादिङमा : Icon Khabar

काठमाडौँ, साउन १७ । बागमती प्रदेशमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेंगु सङक्रमण पुष्टि भएको छ। सात महिनाको अवधिमा डेंगु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ। प्रदेशका १३ वटै जिल्लामा डेंगु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार धादिङमा ५७६ जना, काठमाडौँमा दुई जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेंगु पुष्टि भएको हो। रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा चार, दोलखा र सिन्धुपाल्चोकमा तीन/तीन जनामा डेंगु सङक्रमण भएको छ।

पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेंगु रोग सङक्रमणको उच्च जोखिम देखिएको छ। साउन दोस्रो हप्तासम्म आइपुग्दा डेंगु सङक्रमण भएका बिरामीको सङ्ख्याले पनि स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए महामारीको रूप लिने देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङक्रमण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts