माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी : Icon Khabar

काठमाडौँ, साउन १७ । नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक  बसिरहेकाे छ।

बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ। बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा सांगठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ।

स्थायी समिति अगाडि पार्टी मुख्यालयमा केन्द्रीय समितिको ‘एजेन्डा’ तय गर्न पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको बताइएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीको १० प्रदेश पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।

Published Date: 02 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न