कोशीका मुख्यमन्त्री थापाको शपथ आज : तीन मन्त्री नियुक्त हुँदै

कोशीका मुख्यमन्त्री थापाको शपथ आज : तीन मन्त्री नियुक्त हुँदै : Icon Khabar

मोरङ, साउन १७ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे शपथको समय तोकिएको जनाइएको छ ।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर थापाले दाबी पेश गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले भने अघिल्लो पटक उद्धव थापाकै नेतृत्वको सरकारमा पठाइएका कमलप्रसाद जवेगुलाई यस पटक पनि सरकारमा पठाउने तयारी रहेको जानकारी दिए । कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाममा छलफल गरिरहेको जनाइएको छ । गठबन्धनमा रहेको जनता समाजवादीले भने अहिले नै सरकारमा नजाने रणनीतिमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने