मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन १६ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९५९.८२ डलरमा र चाँदी प्रतिऔंस २४.६४ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 01 August 2023


ताजा
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु