आज अदुवाको मूल्य प्रतिकेजी २६० र मालदह आँपको रू १८० कायम

आज अदुवाको मूल्य प्रतिकेजी २६० र मालदह आँपको रू १८० कायम : Icon Khabar

काठमाडौ, साउन १६ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल २५,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ३८,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ४५,लौका ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,गाजर ११०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ७०,तितो करेला ४०,ब्रोकाउली ८०, कागती १४० रुपैयाँ, भिण्डी रू ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ३०,तामा ९०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३००,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४५०, किवि ७५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, हरियो धनिया ७०,लसुन हरियो ७०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २७०,रुख कटहर ३०, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2023
Website | + posts