काठमाडौं, साउन १६ । देशमा ५ हजारभन्दा बढीमा डेङ्गुको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सुनसरी जिल्लामा मात्रै आधाभन्दा बढी छन् ।
डिभिजन निर्देशक रुद्रप्रसाद मरासिनीले गत जनवरीदेखि हालसम्म मुलुकमा ५ हजार ६८८ जनामा डेङ्गुको संक्रमण देखिएको राससलाई जानकारी दिनुभयो । त्यसमध्ये सुनसरी जिल्लामा मात्रै ३ हजार ४ सय ८६ डेंगुका बिरामी फेला परेका छन् ।
मरासिनीले संक्रमणको यस्तो बृद्धिको पछाडि जनताको लापरवाहीलाई दोष दिए। केही दिनदेखि लगातारको वर्षा र सरसफाइमा सर्वसाधारणले ध्यान नदिँदा डेंगुको सङ्क्रमण डरलाग्दो रूपमा बढेको छ ।
एक साताअघि मात्रै नेपालमा ४ हजार ६१९ डेंगुका बिरामी देखिए पनि एक साताभित्रै बढेर ५ हजार ६८८ पुगेका थिए ।
डेंगु एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको लामखुट्टेबाट लाग्छ। तिनीहरू सफा पानीमा अण्डा पार्छन्। अण्डा लार्भामा र लार्भा वयस्क लामखुट्टेमा परिणत हुन्छ। त्यस्ता लामखुट्टेको टोकाइ डरलाग्दो हुने भएकाले डेंगुको संक्रमण हुन्छ । त्यसैले घर वरपरका खाल्डाहरू हटाउनुपर्छ।
Published Date: 01 August 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1