नेपाली सेनाको हवाई सेवालाई थप विश्वसनीय र सेवामुखी बनाउन निर्देशन रक्षामन्त्री खड्काको निर्देशन

नेपाली सेनाको हवाई सेवालाई थप विश्वसनीय र सेवामुखी बनाउन निर्देशन रक्षामन्त्री खड्काको निर्देशन : Icon Khabar

काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको हवाई सेवालाई थप विश्वसनीय र सेवामुखी बनाउन निर्देशन दिएका छन् ।

नेपाली सेनाको हवाई सेवाको केन्द्रीय हवाई अड्डाको निरीक्षण गर्दै रक्षामन्त्रीले नेपाली सेनाको उड्डयन सेवा अन्य संस्थाको तुलनामा फरक रहेको बताए ।

उनले नेपाली सेनाको उड्डयन शाखालाई थप विश्वसनीय बनाएर सार्वजनिक सेवामा बढी ध्यान दिन अधिकारीहरुलाई आग्रह गरे ।

उपप्रधानमन्त्री खड्काले विपद्को समयमा उद्धार कार्यमा निरन्तर लगनशिलता देखाएकोमा नेपाली जनताले नेपाली सेनाका पाइलट र अन्य अधिकारीप्रति सधैं कृतज्ञता व्यक्त गरेको बताए ।

सो अवसरमा खड्काले यस क्षेत्रमा कार्यरत नेपाली सेनाका जनशक्तिलाई प्रोत्साहन गर्न र तालिमको अवसर र अन्य सुविधा उपलब्ध गराउन सरकार सदैव तत्पर रहेको बताए ।

Published Date: 01 August 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु