नेपाली सेनाको हवाई सेवालाई थप विश्वसनीय र सेवामुखी बनाउन निर्देशन रक्षामन्त्री खड्काको निर्देशन

नेपाली सेनाको हवाई सेवालाई थप विश्वसनीय र सेवामुखी बनाउन निर्देशन रक्षामन्त्री खड्काको निर्देशन : Icon Khabar

काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको हवाई सेवालाई थप विश्वसनीय र सेवामुखी बनाउन निर्देशन दिएका छन् ।

नेपाली सेनाको हवाई सेवाको केन्द्रीय हवाई अड्डाको निरीक्षण गर्दै रक्षामन्त्रीले नेपाली सेनाको उड्डयन सेवा अन्य संस्थाको तुलनामा फरक रहेको बताए ।

उनले नेपाली सेनाको उड्डयन शाखालाई थप विश्वसनीय बनाएर सार्वजनिक सेवामा बढी ध्यान दिन अधिकारीहरुलाई आग्रह गरे ।

उपप्रधानमन्त्री खड्काले विपद्को समयमा उद्धार कार्यमा निरन्तर लगनशिलता देखाएकोमा नेपाली जनताले नेपाली सेनाका पाइलट र अन्य अधिकारीप्रति सधैं कृतज्ञता व्यक्त गरेको बताए ।

सो अवसरमा खड्काले यस क्षेत्रमा कार्यरत नेपाली सेनाका जनशक्तिलाई प्रोत्साहन गर्न र तालिमको अवसर र अन्य सुविधा उपलब्ध गराउन सरकार सदैव तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ