निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८ औ प्रमाणपत्र वितरण

निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८ औ प्रमाणपत्र वितरण : Icon Khabar

भक्तपुर, साउन १३ । सीटीइभिटीबाट मान्यता प्राप्त भक्तपुरको एकमात्र कम्प्युटर इन्स्टिच्युट निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८ औं प्रमाणपत्र वितरण शनिवार नेमकिपाका केन्द्रिय सचिव तथा संघीय सांसद प्रेम सुवालको प्रमख आतिथ्यतामा वितरण गरियो ।

कार्यक्रममा उनले नयाँ पुस्तालाई शारीरिक सौन्दर्यका साथै देश र जनताप्रति सेवाको भावनाका लागि मनमस्ष्तिकलाई ताजा र सुन्दर बनाउन अध्ययन गर्नुपर्ने बताउँदै विश्वका अन्य देशमा नेपालीहरु दरलाग्दो, गाह्रो र जोखिम मोलेर काम गर्न परेकोले स्वदेशमै नयाँ विषयको अध्ययन अनुसन्धानको लागि ख्वप विश्वविद्यालयको आवश्यकता सम्बन्धी चर्चा गरे ।

उनले नेपालमा कुनै राम्रो सम्भावना नभएको ठूला दलको सोचका कारण काठमाडौं देखि बारा सम्मको फास्ट ट्रयाक र रेल संचालनबाट नेपालमा थप बेरोजगारी सृजना हुने इङ्गित गर्दै ललिता निवास काण्ड, सुन तस्कर र नक्कली भुटानी शरणार्थी काण्डले नेपालीलाई नराम्रोसँग फसाएको बताए ।

सोही कार्यक्रममा अतिथि तथा भनपा ७ का वडा अध्यक्ष उकेश कवांले तालिममा सिकेका ज्ञान, सीप कलाबाट देश र समाजमा आफ्नो पहिचान कायम गर्ने बताउँदै प्रत्येक युवालाई हरेक सीपमा निपण बनाउन भक्तपुर नगरपालिका लागिरहेको बताए ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले २१ औं शताब्दीको उपलब्धीबाट हातहातमा पुगेको इन्टरनेटको चुनौति र अवसर दुवै रहेको बताउँदै अतिरिक्त तालिम विद्यार्थीहरुले देश र समाजको सेवाका लागि प्रयोग गरेमा पछिल्लो जीवनलाई सफल पार्ने विचार व्यक्त गरे ।

निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक तथा कार्यक्रमका सभापति बालकृष्ण बनमालाको समापतित्वमा सम्पन्न भएको प्रमाणपत्र वितरण कार्यक्रममा निशुल्क तालिम अन्तर्गत हाउस वायरिङ्गका प्रशिक्षक कृष्ण प्रसाद त्वीत्वी र धाँ बाजाका प्रशिक्षक सविन लैवा लगायत कम्प्युटर तालिमका प्रशिक्षार्थीद्वय निश्चल छुकां र सपना मानन्धरले समेत आफ्नो तालिम अनुभव मन्तव्य दिएका थिए ।

कम्प्युटर प्रशिक्षक प्रविना बनमालाले तालिममा काठमाडौं उपत्यकाका छिमेकी जिल्ला रामेछाप, काभ्रे, दोलखा लगायत चितवन, झापा, पोखरा, मकवानपुर, धादिङ, कास्की, बाजुरा, स्याङजा आदि जिल्लाका ८० विद्यालय र कलेजका ४३० जना विद्यार्थी तालिममा सहभागी भएको स्वागत मन्तव्यमा बताएका थिए ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरुले आआफ्नो सांस्कृतिक प्रस्तुत गरेका थिए ।

Published Date: 29 July 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक