निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८ औ प्रमाणपत्र वितरण

निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८ औ प्रमाणपत्र वितरण : Icon Khabar

भक्तपुर, साउन १३ । सीटीइभिटीबाट मान्यता प्राप्त भक्तपुरको एकमात्र कम्प्युटर इन्स्टिच्युट निओ फ्युजन स्कूल अफ कम्प्युटरको १८ औं प्रमाणपत्र वितरण शनिवार नेमकिपाका केन्द्रिय सचिव तथा संघीय सांसद प्रेम सुवालको प्रमख आतिथ्यतामा वितरण गरियो ।

कार्यक्रममा उनले नयाँ पुस्तालाई शारीरिक सौन्दर्यका साथै देश र जनताप्रति सेवाको भावनाका लागि मनमस्ष्तिकलाई ताजा र सुन्दर बनाउन अध्ययन गर्नुपर्ने बताउँदै विश्वका अन्य देशमा नेपालीहरु दरलाग्दो, गाह्रो र जोखिम मोलेर काम गर्न परेकोले स्वदेशमै नयाँ विषयको अध्ययन अनुसन्धानको लागि ख्वप विश्वविद्यालयको आवश्यकता सम्बन्धी चर्चा गरे ।

उनले नेपालमा कुनै राम्रो सम्भावना नभएको ठूला दलको सोचका कारण काठमाडौं देखि बारा सम्मको फास्ट ट्रयाक र रेल संचालनबाट नेपालमा थप बेरोजगारी सृजना हुने इङ्गित गर्दै ललिता निवास काण्ड, सुन तस्कर र नक्कली भुटानी शरणार्थी काण्डले नेपालीलाई नराम्रोसँग फसाएको बताए ।

सोही कार्यक्रममा अतिथि तथा भनपा ७ का वडा अध्यक्ष उकेश कवांले तालिममा सिकेका ज्ञान, सीप कलाबाट देश र समाजमा आफ्नो पहिचान कायम गर्ने बताउँदै प्रत्येक युवालाई हरेक सीपमा निपण बनाउन भक्तपुर नगरपालिका लागिरहेको बताए ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले २१ औं शताब्दीको उपलब्धीबाट हातहातमा पुगेको इन्टरनेटको चुनौति र अवसर दुवै रहेको बताउँदै अतिरिक्त तालिम विद्यार्थीहरुले देश र समाजको सेवाका लागि प्रयोग गरेमा पछिल्लो जीवनलाई सफल पार्ने विचार व्यक्त गरे ।

निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक तथा कार्यक्रमका सभापति बालकृष्ण बनमालाको समापतित्वमा सम्पन्न भएको प्रमाणपत्र वितरण कार्यक्रममा निशुल्क तालिम अन्तर्गत हाउस वायरिङ्गका प्रशिक्षक कृष्ण प्रसाद त्वीत्वी र धाँ बाजाका प्रशिक्षक सविन लैवा लगायत कम्प्युटर तालिमका प्रशिक्षार्थीद्वय निश्चल छुकां र सपना मानन्धरले समेत आफ्नो तालिम अनुभव मन्तव्य दिएका थिए ।

कम्प्युटर प्रशिक्षक प्रविना बनमालाले तालिममा काठमाडौं उपत्यकाका छिमेकी जिल्ला रामेछाप, काभ्रे, दोलखा लगायत चितवन, झापा, पोखरा, मकवानपुर, धादिङ, कास्की, बाजुरा, स्याङजा आदि जिल्लाका ८० विद्यालय र कलेजका ४३० जना विद्यार्थी तालिममा सहभागी भएको स्वागत मन्तव्यमा बताएका थिए ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरुले आआफ्नो सांस्कृतिक प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 July 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने