रास्वपा भक्तपुर नगर समितिको सभापतिमा राजेश शिल्पकार चयन

रास्वपा भक्तपुर नगर समितिको सभापतिमा राजेश शिल्पकार चयन : Icon Khabar

भक्तपुर,साउन १३ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगर समितिको सभापतिमा राजेश शिल्पकार सर्बसम्मत चयन भएको छ । आज शनिबार भएको भक्तपुर नगर समिति गठन कार्यक्रममा राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो ।

पार्टी केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका थिए ।

विहान ८ बजेबाट भक्तपुर व्यांक्वेट हाकुफो हिटी भक्तपुरमा सुरु भएको उक्त कार्यक्रममा नयाँं कार्यसमितिको सचिवमा सन्जिव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन् ।

पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन् । यस अघि जिल्ला समिति पनि गठन भइसकेको छ ।

Published Date: 29 July 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न