रास्वपा भक्तपुर नगर समितिको सभापतिमा राजेश शिल्पकार चयन

रास्वपा भक्तपुर नगर समितिको सभापतिमा राजेश शिल्पकार चयन : Icon Khabar

भक्तपुर,साउन १३ । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगर समितिको सभापतिमा राजेश शिल्पकार सर्बसम्मत चयन भएको छ । आज शनिबार भएको भक्तपुर नगर समिति गठन कार्यक्रममा राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो ।

पार्टी केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका थिए ।

विहान ८ बजेबाट भक्तपुर व्यांक्वेट हाकुफो हिटी भक्तपुरमा सुरु भएको उक्त कार्यक्रममा नयाँं कार्यसमितिको सचिवमा सन्जिव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन् ।

पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन् । यस अघि जिल्ला समिति पनि गठन भइसकेको छ ।

Published Date: 29 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक