एक महिना लामो मत्स्यनारायण मेला (फोटो फिचर)

एक महिना लामो मत्स्यनारायण मेला (फोटो फिचर) : Icon Khabar

काठमाडौं, साउन १३ । मत्स्यनारायाण मेला काठमाडौं जिल्लामा कीर्तिपुरको नजीकै रहेको मच्छेगाउँमा लाग्छ । मच्छेनारायणमा प्रत्येक पुरुषोत्तममास वा मलमासमा प्रत्येक तीन वर्षमा एक पटक एक महिना लामो मेला लाग्ने गर्छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन । भगवानको देवकार्य नहुने समयमा मच्छेनारायण मन्दिरमा भने एक महिने मेला लाग्ने हुँदा पनि यसको धेरै ठूलो महत्त्व रहेको छ । मेलामा काँसको थालमा मालपुवा हालेर दान गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ ।

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।

मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपका मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतिसहित गरुड हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ ।

Published Date: 29 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक