भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न : Icon Khabar

भक्तपुर,साउन १३ । शैक्षिक सत्र २०८०।०८१ को लागि भक्तपुर नगरपालिका अन्तर्गतका विद्यालयहरूमा कक्षा ११/१२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको व्यवस्था बमोजिम विद्यालयले उपलब्ध गराउनु पर्ने १० प्रतिशत छात्रवृत्ति मध्ये ३३ प्रतिशत छात्रवृत्ति सिफारिसको लागि भक्तपुर नगरपालिकाले लिने छात्रवृत्ति छनौट परीक्षा शनिबार सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर देकोचा स्थित ख्वप माध्यमिक विद्यालय केन्द्र कायम गरी सञ्चालन भएको परीक्षामा देशका विभिन्न जिल्लाबाट आवेदन दिएका कुल ७ सय ४६ मध्ये ६ सय ७४ परीक्षार्थीहरू परीक्षामा सहभागी भएका थिए ।

एउटै मात्र केन्द्र कायम गरी सञ्चालन भएको सो परीक्षामा विज्ञान विषयमा कुल ३ सय ७० आवेदक मध्ये ३ सय ३९ जना, व्यवस्थापन विषयमा कुल ३ सय १६ आवेदक मध्ये २ सय ८३ जना, शिक्षा विषयमा कुल १५ आवेदक मध्ये १४ जना, मानविकी विषयमा कुल १९ आवेदक मध्ये १६ जना र कानुन विषयमा कुल २६ आवेदकमध्ये २२ जना परीक्षार्थी गरी जम्मा ६ सय ७४ जना परीक्षार्थीहरू सहभागी भएको केन्द्राध्यक्ष ख्वप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले बताए । भक्तपुर नगरपालिकाले २०७५ साल देखि नै छात्रवृत्तिको लागि आवेदन खुला गरी छनौट परीक्षा सञ्चालन गरी छात्रवृत्तिको लागि विभिन्न विद्यालयमा सिफारिस गर्दै आएको छ ।

छात्रवृत्ति छनौट परीक्षाको अनुगमन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, छनौट परीक्षाका सदस्यद्वय भक्तपुर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्व र ७ नं. वडाका वडा अध्यक्ष उकेश कवां, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति विजयकुमार शर्मा र शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेका थियो ।

यस अघि भक्तपुर नगरपालिका शिक्षा शाखाले २०८० असार २५ गते देखि साउन ८ गतेसम्म छनौट परीक्षाको लागि आवेदन खुला गरिएको थियो ।

Published Date: 29 July 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक