चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह : Icon Khabar

नयाँदिल्ली, साउन १० । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो ।
भारत सरकारले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, “यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रुपमा हानिकारक हुन सक्छ ।”

Published Date: 26 July 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न