सुदूरपश्चिम सरकारमा जाने निर्णयबाट पछि हट्यो नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिम सरकारमा जाने निर्णयबाट पछि हट्यो नागरिक उन्मुक्ति पार्टी : Icon Khabar

धनगढी, साउन ९ ।  नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा नजाने भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आज (मंगलबार) मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी हुन् ।

शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरू दिउँसो नै धनगढी पुगेका थिए । तर, केन्द्रीय अध्यक्षको निर्देशनपछि आज शपथ ग्रहण रोकिएको छ । हिजै नागरिक उन्मुक्तिबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी सिफारिस गरेको थियो । तत्काल उनीहरूको शपथ रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न