ट्विटरको नयाँ नाम अब ‘एक्स’, ब्लू बर्ड लोगोको ठाउँमा पनि ‘एक्स’ 

ट्विटरको नयाँ नाम अब ‘एक्स’, ब्लू बर्ड लोगोको ठाउँमा पनि ‘एक्स’  : Icon Khabar

काठमाडौँ, साउन ८ । ट्विटरको नयाँ नाम अब ‘एक्स’ हुनेछ। ट्वीटरका मालिक एलन मस्कले एक्स डट कम (x.com)लाई ट्वीटर डट कम (Twitter.com) मा लिङ्क गरेका छन्। अर्थात्, x.com खाेल्दा, अब सिधै ट्विटरको वेबसाइटमा पुगिनेछ।

साेमबार बेलुकीदेखि यस माइक्रोब्लगिङ प्लाटफर्मको ब्लू बर्ड लोगो पनि परिवर्तन हुने भएकाे छ। मस्कले आफ्नो प्रोफाइल तस्वीर पनि एक्स (X) मा परिवर्तन गरेका छन्। उनले एउटा भिडियो पनि पिन गरेका छन् जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ। एक्स एक यस्ताे प्लाटफर्म हुाे जसले भुक्तानी, बैंकिङ र ई-कमर्स जस्ता सेवाहरू प्रदान गर्न सक्छ।

Published Date: 24 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी