ट्विटरको नयाँ नाम अब ‘एक्स’, ब्लू बर्ड लोगोको ठाउँमा पनि ‘एक्स’ 

ट्विटरको नयाँ नाम अब ‘एक्स’, ब्लू बर्ड लोगोको ठाउँमा पनि ‘एक्स’  : Icon Khabar

काठमाडौँ, साउन ८ । ट्विटरको नयाँ नाम अब ‘एक्स’ हुनेछ। ट्वीटरका मालिक एलन मस्कले एक्स डट कम (x.com)लाई ट्वीटर डट कम (Twitter.com) मा लिङ्क गरेका छन्। अर्थात्, x.com खाेल्दा, अब सिधै ट्विटरको वेबसाइटमा पुगिनेछ।

साेमबार बेलुकीदेखि यस माइक्रोब्लगिङ प्लाटफर्मको ब्लू बर्ड लोगो पनि परिवर्तन हुने भएकाे छ। मस्कले आफ्नो प्रोफाइल तस्वीर पनि एक्स (X) मा परिवर्तन गरेका छन्। उनले एउटा भिडियो पनि पिन गरेका छन् जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ। एक्स एक यस्ताे प्लाटफर्म हुाे जसले भुक्तानी, बैंकिङ र ई-कमर्स जस्ता सेवाहरू प्रदान गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts