पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्न रहेको भन्दै विरोध प्रदर्शन

पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्न रहेको भन्दै विरोध प्रदर्शन : Icon Khabar

काठमाडौं, साउन ८ । लोकसेवा आयोगको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्न र जवाफको विकल्प रहेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवल दासले लेखेको लोकसेवा आयोगको पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सोमबार विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले पुस्तकका प्रतिहरु जलाएर विरोध जनाएका छन् । प्रदर्शनकारीले ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

कलङ्कीस्थित विद्या विकास पब्लिकेसन्सले प्रकाशित गरेको ‘गेम स्काउट, वन गार्ड, सफाल्ताको साथी’ नामक पुस्तकको पृष्ठ नं १४३ मा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर गरिएको आन्दोलनमा सहभागी एक विद्यार्थीले बताए ।

Published Date: 24 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी