पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्न रहेको भन्दै विरोध प्रदर्शन

पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्न रहेको भन्दै विरोध प्रदर्शन : Icon Khabar

काठमाडौं, साउन ८ । लोकसेवा आयोगको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्न र जवाफको विकल्प रहेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवल दासले लेखेको लोकसेवा आयोगको पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सोमबार विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले पुस्तकका प्रतिहरु जलाएर विरोध जनाएका छन् । प्रदर्शनकारीले ‘महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

कलङ्कीस्थित विद्या विकास पब्लिकेसन्सले प्रकाशित गरेको ‘गेम स्काउट, वन गार्ड, सफाल्ताको साथी’ नामक पुस्तकको पृष्ठ नं १४३ मा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर गरिएको आन्दोलनमा सहभागी एक विद्यार्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने