मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढ्यो

मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढ्यो : Icon Khabar

म्याग्दी, साउन ९ । मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा पर्यटक आगमनमा ४५.७५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०२२/२३ मा ७१ हजार ७०७ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेको एसीएपी जोमसोमका इन्चार्ज अशोक सुवेदीले जानकारी दिए । ‘कोभिड–१९ अघि र पछि पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ’, उनले भने, ‘२०२२/२३ मा ३८ हजार ८९६ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०२२/२३ मा ३२ हजार ८११ भन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २०२२/२३ मा सार्क सदस्य राष्ट्रबाट ५९ हजार ३१० र तेस्रो मुलुकबाट ६ हजार ७४९ पर्यटक यहाँ आएको साझा तथ्यांक छ ।

त्यसैगरी आर्थिक वर्ष २०२२/२३ मा कुल तीन हजार ३८८ पर्यटकले अर्ध निषेधित क्षेत्र उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

मुस्ताङमा अनुकूल मौसम, सहज बाटो, होटल/लजको सुविधा र प्राकृतिक प्रकोपका नाममात्र भएका कारण गत वर्ष पर्यटकको आगमन बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला