मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढ्यो

मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढ्यो : Icon Khabar

म्याग्दी, साउन ९ । मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्या ४५ प्रतिशतले बढेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा पर्यटक आगमनमा ४५.७५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०२२/२३ मा ७१ हजार ७०७ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेको एसीएपी जोमसोमका इन्चार्ज अशोक सुवेदीले जानकारी दिए । ‘कोभिड–१९ अघि र पछि पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ’, उनले भने, ‘२०२२/२३ मा ३८ हजार ८९६ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०२२/२३ मा ३२ हजार ८११ भन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २०२२/२३ मा सार्क सदस्य राष्ट्रबाट ५९ हजार ३१० र तेस्रो मुलुकबाट ६ हजार ७४९ पर्यटक यहाँ आएको साझा तथ्यांक छ ।

त्यसैगरी आर्थिक वर्ष २०२२/२३ मा कुल तीन हजार ३८८ पर्यटकले अर्ध निषेधित क्षेत्र उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

मुस्ताङमा अनुकूल मौसम, सहज बाटो, होटल/लजको सुविधा र प्राकृतिक प्रकोपका नाममात्र भएका कारण गत वर्ष पर्यटकको आगमन बढेको हो ।

Published Date: 24 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु