मुगुमा ५ हजार घरधुरी अन्धकारमा, दुई सातादेखि विद्युत् आपूर्ति अवरुद्ध

मुगुमा ५ हजार घरधुरी अन्धकारमा, दुई सातादेखि विद्युत् आपूर्ति अवरुद्ध : Icon Khabar

मुगु, साउन ७ । मुगु जिल्लामा विगत दुई सातादेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनता अन्धकारमा बस्न बाध्य भएका छन् ।

गत असार २७ गते बाढीले गमगढ लघु जलविद्युत् आयोजनामा ​​क्षति पुर्याएपछि जिल्लाको छायाँनाथ रारा नगरपालिकाका ५ हजार घरधुरी, सरकारी कार्यालय र अन्य संस्थाका २६ हजार सदस्य प्रभावित भएका छन् ।

मुगुको सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा बसिरहेका छन् । लामो समयदेखि विद्युत अवरुद्ध हुँदा स्थानीयवासी निकै मारमा परेका छन् ।

जसका कारण सरकारी कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा समस्या देखिएको राष्ट्रिय वाणिज्य बैंक मुगुका सहायक प्रबन्धक प्रकाश भामले बताए ।

आयोजनाको पावर हाउसको इन्टेकमा बाढीले ल्याएको माटो र माटो हटाउन हालसम्म गरिएका सबै प्रयास व्यर्थ गएको आयोजनाका प्राविधिक छिरिङ लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ