सरकारद्वारा ११ सचिवको सरुवा र दुई सचिवको नियुक्ति

सरकारद्वारा ११ सचिवको सरुवा र दुई सचिवको नियुक्ति : Icon Khabar

काठमाडौं, साउन ७ । सरकारले ११ सचिवको सरुवा र दुई सचिवको नियुक्ति गरेको छ । सरकारका एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा राखिएको छ ।

उपाध्याय र बस्नेतले प्रदेशमा मुख्य सचिवको रुपमा काम गर्नेछन् । सरकारले सचिव मधुसूदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा र अर्का सचिव मुकुन्द निरौलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । निर्वाचन आयोगका सचिव सूर्य गौतमको सरुवा भएको छ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव तोयाम रायलाई केन्द्रीय तथ्याङ्क विभागमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सचिव भरतमणि सुवेदीलाई पर्यटन, रामकृष्ण सुवेदीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र गोपी खनाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । साउन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा र नियुक्ति गर्ने निर्णय गरेको मन्त्रीले जानकारी दिए ।

Published Date: 23 July 2023


ताजा
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु