सरकारद्वारा ११ सचिवको सरुवा र दुई सचिवको नियुक्ति

सरकारद्वारा ११ सचिवको सरुवा र दुई सचिवको नियुक्ति : Icon Khabar

काठमाडौं, साउन ७ । सरकारले ११ सचिवको सरुवा र दुई सचिवको नियुक्ति गरेको छ । सरकारका एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा राखिएको छ ।

उपाध्याय र बस्नेतले प्रदेशमा मुख्य सचिवको रुपमा काम गर्नेछन् । सरकारले सचिव मधुसूदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा र अर्का सचिव मुकुन्द निरौलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । निर्वाचन आयोगका सचिव सूर्य गौतमको सरुवा भएको छ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव तोयाम रायलाई केन्द्रीय तथ्याङ्क विभागमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सचिव भरतमणि सुवेदीलाई पर्यटन, रामकृष्ण सुवेदीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र गोपी खनाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । साउन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा र नियुक्ति गर्ने निर्णय गरेको मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने