आइतबार सुनको मूल्य प्रतितोला रू ५०० ले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला रू ५०० ले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ७ । सुनचाँदीको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । साउन ७ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुनको भाउ ओरालो लागेको थियो । त्यस दिन सुन तोलामा ८०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा झरेको थियो ।

आइतबार चाँदीको पनि मूल्यमा गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लाग्दा एक हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता