आइतबार सुनको मूल्य प्रतितोला रू ५०० ले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला रू ५०० ले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ७ । सुनचाँदीको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । साउन ७ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुनको भाउ ओरालो लागेको थियो । त्यस दिन सुन तोलामा ८०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा झरेको थियो ।

आइतबार चाँदीको पनि मूल्यमा गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लाग्दा एक हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 23 July 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु