आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने, कोभिडपछि कडाई गरीएका क्षेत्रमा लचक नीति लिने

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने, कोभिडपछि कडाई गरीएका क्षेत्रमा लचक नीति लिने : Icon Khabar

काठमाडौँ, साउन ७ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्ने भएको छ। केन्द्रिय बैंकले मौद्रिक नीति पारित गर्नको लागि आइतबार बिहानै सञ्चालक समितिको बैठक डाकेको थियो। सञ्चालक समितिबाट नीति पारित भएपछि आइतबार नै मौद्रिक नीति सार्वजानिक गर्न लागेको हो।

यस पटकको मौद्रिक नीतिमा केन्द्रिय बैंकले शेयर बजार र घरजग्ग क्षेत्रको लागि पनि केहि नीति लिने भएको छ। कोभिडपछि कडाई गरीएका क्षेत्रमा केन्द्रिय बैंकले केहि लचक नीति लिने भएको हाे।

यसैगरी, केन्द्रिय बैंकले यस वर्ष शेयर बजारलाई पनि कडाई नगरी नीति ल्याउने भएको छ। यसअघि केन्द्रिय बैंकले लिएका नीतिले शेयर बजारमा ठुलो प्रभाव पारेको थियो। यस वर्ष भने शेयर बजारमा समेत केहि लचक नीति लिने संकेत केन्द्रिय बैंकको छ।

नेपाल राष्ट्र बैंकले यसअघि बढाइएका केहि क्षेत्रको कर्जाको जोखिम भार समेत घटाउने भएको छ। यसअघि धेरै लचक नीति लिँदा त्यसले बाह्य क्षेत्रमा दबाव परेको भन्दै यस वर्ष केन्द्रिय बैंक धेरै लचक नीति नलिने भएको छ।

यस्तै, केन्द्रिय बैंकले बैंकदर र नीतिगत दरलाई भने केहि घटाउने जनाएको छ। अहिले बैंकदर साढे ७ प्रतिशत छ भने नीतिगत दर ७ प्रतिशत छ। तरलता सहज भएको अवस्थामा यस्तो दरलाई केहि घटाउने तयारी राष्ट्र बैंकको रहेको छ।

Published Date: 23 July 2023
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो