चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै : Icon Khabar

काठमाडौं, साउन ७ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को उच्चस्तरीय टोली आज (आइतबार) नेपाल आउँदै छन् । पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिव समेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज नेपाल आउन लागेको हो ।

युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आउन लागेको हो । नेपालमा रहँदा युयानको टोलीले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने छन् । सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो । यसैबीच शनिबार एयर चाइनाको उडानबाट ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरु काठमाडौं आइपुगेका छन् ।

पछिल्लो समय सीपीसी र माओवादी केन्द्रबीचको सम्बन्ध सुदृढ बनेको देखिन्छ । केही समयअघि सीपीसीको निमन्त्रणामा पूर्व सभामुख समेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमण गरेका थिए । त्यसलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरूको टोलीले पनि चीन भ्रमण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थ पूर्णरूपमा हेरिएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि आधिकारिक मिति अझै तय भएको छैन । भ्रमण तयारीका लागि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई एजेण्डा तय गर्न निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला