जलको प्रतीक मानिने चोभार गणेश जलविनायक मन्दिर (फोटो फिचर)

जलको प्रतीक मानिने चोभार गणेश जलविनायक मन्दिर (फोटो फिचर) : Icon Khabar

काठमाडौँ , साउन ६ । काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा अवस्थित जलविनायक काठमाडौँका चार विनायक मध्येको एक हो । जलको प्रतीक मानिने चोभार गणेश जलविनायकलाई स्थानीय भाषामा कोयना द्यो भन्ने गरिन्छ।

चोभार गल्छी ह्रासिकाप खोंचमा अवस्थित तीनतले प्यागोडा शैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ। प्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पूजा गर्ने चलन छ। यसका अलावा उपत्यकाका चार गणेश दर्शन गर्ने भनी बेला-बेलामा विशेष पूजा गर्ने परम्परा रहेको छ।

पौराणिक कथा अनुसार नेपालमण्डल अर्थात् काठमाडौँ उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीन तिब्बतबाट आएका बोधिसत्व माजुश्रीले चोभार ह्रासिकाप गल्छी काटेर पानी बाहिर पठाएको बताइन्छ। त्यससँगै यहाँ गणेशको मन्दिर स्थापना भएको किम्वदन्ती छ।

चोभार गणेशस्थान नजिक महा मन्जुश्री गुफा छ। यही आधारले यहाँ चहलपहल भइरहन्छ। सँगै रहेको हिमाल सिमेन्ट कारखाना बन्द भएपछि यस क्षेत्रको वातावरण स्वच्छ बनेर आगन्तुकको संख्या वृद्धि हुन थालेको छ ।

ने.सं. ७२२ मा निर्मित कोयना गणेश मन्दिर परिसरमा सुःखावती लोकेश्वर वरुण, विष्णु सूर्य शिव पार्वती आदि देवीदेवताको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ। परम्परागत शैलीमा सिंगारिएको धातुको पेगोडाशैलीयुक्त छाना आकर्षणको अर्को पाटो हो।

मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन्। कोयना गणेशलाई लड्डु पेंडा होइन राँगा, हाँस, कुखुरा आदि पशुपक्षीको बलि दिने मौलिक परम्परा छ।

Published Date: 22 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक