भक्तपुरमा आधारभूत विद्यालयको कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिता सम्पन्न

भक्तपुरमा आधारभूत विद्यालयको कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ६ । आधारभूत विद्यालय समितिको वार्षिक कार्यतालिका अनुसार दत्तात्रय आधारभूत विद्यालयको संयोजनमा शुक्रबार कसिमला पाँय् प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा समितिका अध्यक्ष दीपक माकले विद्यार्थीहरुको सिर्जनशीलता अभिवृद्धि गर्न अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताउँदै विद्यार्थीहरु अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भई योग्य नागरिक भएर देश र जनताको सेवामा लाग्नुपर्ने बताए।

निर्णायक मण्डलका सदस्य तुल्सीराम ग्वाछाले खेल स्वास्थ्य अनुशासन र मित्रताका लागि खेल्न जोड दिँदै खेलका नियमहरु बारे चर्चा गरे ।

संयोजक विद्यालयका प्रधानाध्यापक सज्जन श्रेष्ठले स्वागत गर्दै आधारभूत विद्यालय समितिको अतिरिक्त गतिविधिबाट विद्यार्थीहरुमा प्रतिस्पर्धी भावनाको विकास हुने बताए।

सोही कार्यक्रम प्राविस्तरीय छात्र कसिमला पाय् प्रतियोगितामा सन्नति आविका वजन खत्री प्रथम, भीम आदर्शका बिलाल मन्सुरी द्वितीय, तारा माविका सवल सुवाल तृतीय तथा बाल सेवक आविका विजय शाही सान्त्वना भएका थिए ।

त्यस्तै छात्रातर्फको प्राविस्तरीय छात्र कसिमला पाय् प्रतियोगितामा नवीन आविका सपना ध्वजू, चण्डेश्वरी आविका लुनिभा माक द्वितीय, सन्तति आविका प्रिजा खान तृतीय तथा ब्रम्हाचारिणी आविका कमुना तामाङ सान्त्वना भएका थिए ।

त्यसैगरी छात्रतर्फ निमाविस्तरीय बुद्धिचाल प्रतियोगितामा समाज सुधार माविका प्रशान्त बेकोजू प्रथम, ज्ञानविजय आविका पूर्ण सुनार द्वितीय, नवीन आविका अस्मित भूजेल तृतीय तथा भीम आदर्शका आकाश तामाङ सान्त्वना भएका थिए ।

त्यस्तै छात्रातर्फ निमाविस्तरीय बुद्धिचाल प्रतियोगितामा नवीन आविका आशलक्ष्मी दुवाल प्रथम, सन्तति आविका सिम्रन खान द्वितीय, भीम आदर्शका खुसी तामाङ तृतीय तथा ज्ञानविजय आविका सुनिता तामाङ सान्त्वना भएका थिए ।

सो प्रतियोगितामा प्राविस्तरीय कसिमला पाँय् तर्फ १६ छात्रा र १८ छात्र गरी ३४ जना तथा निमाविस्तरीय बुद्धिचाल तर्फ छात्र ८ र छात्रा ८ गरी १६ जना विद्यार्थीहले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 July 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू