भक्तपुरमा आधारभूत विद्यालयको कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिता सम्पन्न

भक्तपुरमा आधारभूत विद्यालयको कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ६ । आधारभूत विद्यालय समितिको वार्षिक कार्यतालिका अनुसार दत्तात्रय आधारभूत विद्यालयको संयोजनमा शुक्रबार कसिमला पाँय् प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा समितिका अध्यक्ष दीपक माकले विद्यार्थीहरुको सिर्जनशीलता अभिवृद्धि गर्न अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताउँदै विद्यार्थीहरु अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भई योग्य नागरिक भएर देश र जनताको सेवामा लाग्नुपर्ने बताए।

निर्णायक मण्डलका सदस्य तुल्सीराम ग्वाछाले खेल स्वास्थ्य अनुशासन र मित्रताका लागि खेल्न जोड दिँदै खेलका नियमहरु बारे चर्चा गरे ।

संयोजक विद्यालयका प्रधानाध्यापक सज्जन श्रेष्ठले स्वागत गर्दै आधारभूत विद्यालय समितिको अतिरिक्त गतिविधिबाट विद्यार्थीहरुमा प्रतिस्पर्धी भावनाको विकास हुने बताए।

सोही कार्यक्रम प्राविस्तरीय छात्र कसिमला पाय् प्रतियोगितामा सन्नति आविका वजन खत्री प्रथम, भीम आदर्शका बिलाल मन्सुरी द्वितीय, तारा माविका सवल सुवाल तृतीय तथा बाल सेवक आविका विजय शाही सान्त्वना भएका थिए ।

त्यस्तै छात्रातर्फको प्राविस्तरीय छात्र कसिमला पाय् प्रतियोगितामा नवीन आविका सपना ध्वजू, चण्डेश्वरी आविका लुनिभा माक द्वितीय, सन्तति आविका प्रिजा खान तृतीय तथा ब्रम्हाचारिणी आविका कमुना तामाङ सान्त्वना भएका थिए ।

त्यसैगरी छात्रतर्फ निमाविस्तरीय बुद्धिचाल प्रतियोगितामा समाज सुधार माविका प्रशान्त बेकोजू प्रथम, ज्ञानविजय आविका पूर्ण सुनार द्वितीय, नवीन आविका अस्मित भूजेल तृतीय तथा भीम आदर्शका आकाश तामाङ सान्त्वना भएका थिए ।

त्यस्तै छात्रातर्फ निमाविस्तरीय बुद्धिचाल प्रतियोगितामा नवीन आविका आशलक्ष्मी दुवाल प्रथम, सन्तति आविका सिम्रन खान द्वितीय, भीम आदर्शका खुसी तामाङ तृतीय तथा ज्ञानविजय आविका सुनिता तामाङ सान्त्वना भएका थिए ।

सो प्रतियोगितामा प्राविस्तरीय कसिमला पाँय् तर्फ १६ छात्रा र १८ छात्र गरी ३४ जना तथा निमाविस्तरीय बुद्धिचाल तर्फ छात्र ८ र छात्रा ८ गरी १६ जना विद्यार्थीहले सहभागिता जनाएका थिए ।

Published Date: 22 July 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न