एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने

एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने : Icon Khabar

काठमाडौं, साउन ५ । एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले घोषणा गरेको खेल तालिकाअनुसार आगामी भदौ दोस्रो सातादेखि प्रारम्भ हुने एसिया कपको उद्घाटन खेल नै नेपाल र पाकिस्तानबीच हुने भएको हो ।

उक्त खेल भदौ १३ गते पाकिस्तानको मुल्तानमा हुनेछ । यसपटकको एसिया कपको आयोजना पाकिस्तान र श्रीलंकामा हुँदैछ । लगत्तै नेपालले अर्को खेल भारतसँग श्रीलंकाको क्यान्डीमा भदौ १८ गते खेल्ने छ ।

एसिया कपको नेपाल समूह ‘ए’ मा छ । नेपालसँगै समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्ने छन् । सुपर फोरका भदौ २० गतेदेखि २९ गतेसम्म । सुपर फोरको एक खेलमात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।

सुपर फोरमा शीर्ष स्थानमा पुग्ने दुई टोली भदौ ३१ गते फाइनलमा भिड्नेछन् । सुपर फोरको एउटा खेल लाहौरमा हुनेछ भने अन्य सबै सुपर फोर र फाइनल श्रीलंकामा हुनेछ । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि खेलहरू श्रीलंकामा हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण