एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने

एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने : Icon Khabar

काठमाडौं, साउन ५ । एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले घोषणा गरेको खेल तालिकाअनुसार आगामी भदौ दोस्रो सातादेखि प्रारम्भ हुने एसिया कपको उद्घाटन खेल नै नेपाल र पाकिस्तानबीच हुने भएको हो ।

उक्त खेल भदौ १३ गते पाकिस्तानको मुल्तानमा हुनेछ । यसपटकको एसिया कपको आयोजना पाकिस्तान र श्रीलंकामा हुँदैछ । लगत्तै नेपालले अर्को खेल भारतसँग श्रीलंकाको क्यान्डीमा भदौ १८ गते खेल्ने छ ।

एसिया कपको नेपाल समूह ‘ए’ मा छ । नेपालसँगै समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्ने छन् । सुपर फोरका भदौ २० गतेदेखि २९ गतेसम्म । सुपर फोरको एक खेलमात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।

सुपर फोरमा शीर्ष स्थानमा पुग्ने दुई टोली भदौ ३१ गते फाइनलमा भिड्नेछन् । सुपर फोरको एउटा खेल लाहौरमा हुनेछ भने अन्य सबै सुपर फोर र फाइनल श्रीलंकामा हुनेछ । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि खेलहरू श्रीलंकामा हुन लागेका हुन् ।

Published Date: 21 July 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली