रियलमीको नार्जो एन ५३ नेपाली बजारमा सार्वजनिक

रियलमीको नार्जो एन ५३ नेपाली बजारमा सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन ५ । रियलमीको नार्जो एन ५३ नेपाली बजारमा सार्वजनिक भएको छ । अत्याधुनिक प्रविधि र फ्ल्यागशिप–लेभल फिचरहरूलाई चित्ताकर्षक मूल्यमा जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको नार्जो एन ५३ बजारमा ल्याएको हो ।

युनिसोक टाइगर टी ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन ५३ एक पावरहाउस हो । यो संयोजनले एफिसिएन्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ जसले गर्दा एप र एक्टिभिटिहरुबीच सजिलै स्विच गर्न सकिनेछ ।४६ जीबी एलपिडिडिआर ४ एक्स र्याम भएकोले नार्जो एन ५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ ।

त्यस्तै यसमा भएको ६४/१२८ जीबी स्टोरेजलाई २ टीबीसम्म बढाउन सकिने हुनाले मिडिया, गेमहरू लगायत अन्य फाइलहरु स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । एन ५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि राम्रो छ । यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा सेल्फिहरु लिन सकिनेछ ।

नार्जो एन ५३ मा ६.७४ इन्चको एफएचडि आईपीएस एलसिडि डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव लिन सकिन्छ । त्यस्तै ४५० निट्सको पिक ब्राईट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ जसले तपाईंको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमि आउन नदिने कम्पनीको दाबी छ ।

यो फोन ‘फेदर गोल्ड’ र ‘फेदर ब्ल्याक’ जस्ता आकर्षक रंगहरुमा उपलब्ध यस नेक्स्ट–जेन शिक नार्जो एन ५३ को मोटाइ भने ७.४९ मिलिमिटर रहेको छ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

Published Date: 21 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग