पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा जेल गएको कथामा फिल्म बन्ने

फिल्मको हिरो आफैं बन्ने

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा जेल गएको कथामा फिल्म बन्ने : Icon Khabar

काठमाडौं, साउन ५ । शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा बलिउडमा डेब्यूको तयारीमा छन् । सन् २०२१ मा पोर्नोग्राफी मुद्दामा राजलाई जेल जानुपरेको थियो । उनी एक महिनाभन्दा बढी समय आर्थर रोडको जेलमा बसे । यो उनको जीवनको सबैभन्दा कठिन समय थियो। अब राज कुन्द्राको जीवनको यो कालो घडीमा फिल्म बन्ने खबर आएको छ ।

पिंकभिल्लाको समाचार अनुसार राज कुन्द्राले आफ्नो गिरफ्तारी र जेलमा बिताएका समयलाई फिल्ममार्फत स्क्रिनमा ल्याउन लागेका छन् । स्रोतले भन्यो, ‘राज कुन्द्राले सबैभन्दा भीडभाड भएको जेल आर्थर रोड जेलमा भोगेका सबै कठिनाइहरू फिल्ममा देखाइनेछ। अहिले निर्देशकको नाम गोप्य राखिएको छ । तर राज कुन्द्रा हरेक तरिकामा रचनात्मक रूपमा संलग्न हुनेछन्। यसमा उत्पादनदेखि लिएर स्क्रिप्टसम्म सबै कुरा समावेश हुनेछ।’

स्रोतले थप भन्यो, ‘यस फिल्ममा राज कुन्द्राको सम्पूर्ण यात्रा देखाइनेछ । उनीमाथि लागेको आरोपको पहिलो समाचारदेखि लिएर मिडिया रिपोर्टिङ र जेलमा बिताउने र घर फर्किने सबै कुरा यस फिल्ममा हुनेछ । यो कथा कुन्द्रा र उनको परिवारको परिप्रेक्ष्यमा हुनेछ। यो चलचित्रको बारेमा छिट्टै घोषणा गरिने छ ।’

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई १९ जुलाई २०२१ मा पक्राउ गरिएको थियो । उनीमाथि एडल्ट फिल्म बनाएर हटसट नामक एप मार्फत वितरण गरेको आरोप लागेको थियो । यसपछि मुद्दाले विभिन्न मोड लियो र उनी जेल परे । राज कुन्द्रा ६३ दिन जेल बसेका थिए । यसपछि उनी जमानत पाएर घर आए । घर फर्किएपछि राजले पापाराजीलाई बेवास्ता गरेको देखिन्छ । उनीहरु मिडियालाई आफ्नो अनुहार पनि देखाउन चाहँदैनन् । उनले आफूलाई सामाजिक सञ्जालबाट पनि टाढा राखेका छन् ।

राज कुन्द्रा र शिल्पा शेट्टीले सन् २००९ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्ध र वैवाहिक सम्बन्धलाई लिएर निकै चर्चा चलेको थियो । दुबैका दुई सन्तान छन्– एक छोरा वियान र छोरी समिशा । शिल्पा र राजले सन् २०२० मा सरोगेसीको सहयोगमा छोरीलाई स्वागत गरेका थिए ।

Published Date: 21 July 2023
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ