सुन तस्करी गरेको अभियोगमा थप एक चिनियाँ नागरिक पक्राउ

सुन तस्करी गरेको अभियोगमा थप एक चिनियाँ नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, साउन २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको अभियोगमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले चिनियाँ नागरिक लिङ्चुआनलाई बिहीबार विमानस्थलबाट पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लुकाई तस्करी गरेको अभियोगमा अहिलेसम्म सात जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार देशमा सबैभन्दा ठूलो तस्करी सुन बरामद गर्ने क्रममा एक भारतीय र एक चिनियाँ नागरिकसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल र हाल काठमाडौंको स्वयम्भू बस्ने सोही ठेगानाका ५३ वर्षीय रामकुमार भुजेल रहेका छन् ।

त्यस्तै, भोजपुर अरुण गाउँपालिका–४ का ४९ वर्षीय हर्कराज राई र हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४९ वर्षीय थाप्तेन छिरिङ, पुरानो दिल्ली र हाल पानीपोखरी काठमाडौं बस्ने भारतीय नागरिक राजेन्द्र राई र भन्सार एजेन्ट अशोक लालाई पक्राउ गरिएको छ ।

बुधबार विमानस्थलबाट निस्किएको बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट राजस्व अनुसन्धान विभागले करिब १०० किलो अवैध सुन बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने