सुन तस्करी गरेको अभियोगमा थप एक चिनियाँ नागरिक पक्राउ

सुन तस्करी गरेको अभियोगमा थप एक चिनियाँ नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, साउन २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको अभियोगमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले चिनियाँ नागरिक लिङ्चुआनलाई बिहीबार विमानस्थलबाट पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लुकाई तस्करी गरेको अभियोगमा अहिलेसम्म सात जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार देशमा सबैभन्दा ठूलो तस्करी सुन बरामद गर्ने क्रममा एक भारतीय र एक चिनियाँ नागरिकसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल र हाल काठमाडौंको स्वयम्भू बस्ने सोही ठेगानाका ५३ वर्षीय रामकुमार भुजेल रहेका छन् ।

त्यस्तै, भोजपुर अरुण गाउँपालिका–४ का ४९ वर्षीय हर्कराज राई र हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४९ वर्षीय थाप्तेन छिरिङ, पुरानो दिल्ली र हाल पानीपोखरी काठमाडौं बस्ने भारतीय नागरिक राजेन्द्र राई र भन्सार एजेन्ट अशोक लालाई पक्राउ गरिएको छ ।

बुधबार विमानस्थलबाट निस्किएको बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट राजस्व अनुसन्धान विभागले करिब १०० किलो अवैध सुन बरामद गरेको हो ।

Published Date: 20 July 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड