फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथास्थानमै

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथास्थानमै : Icon Khabar

काठमाडौं, साउन ४ । नेपाल फिफा वरीयतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७५औं स्थानमा रहेको छ ।

नेपाल अघिल्लो महिना पनि सोही स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । दक्षिण एसियामा अगाडि रहेको भारत समग्रमा ९९औं र दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्रमा एक सय ५५ओं स्थानमा छ ।

यस्तै नेपालपछि रहेको भुटान एक सय ८५औं, बङ्गलादेश एक सय ८९औं, पाकिस्तान २०१औं र श्रीलंका २०४औं स्थानमा रहेको छ । यस्तै विश्ववरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना रहेको । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 July 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने