फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथास्थानमै

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथास्थानमै : Icon Khabar

काठमाडौं, साउन ४ । नेपाल फिफा वरीयतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७५औं स्थानमा रहेको छ ।

नेपाल अघिल्लो महिना पनि सोही स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । दक्षिण एसियामा अगाडि रहेको भारत समग्रमा ९९औं र दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्रमा एक सय ५५ओं स्थानमा छ ।

यस्तै नेपालपछि रहेको भुटान एक सय ८५औं, बङ्गलादेश एक सय ८९औं, पाकिस्तान २०१औं र श्रीलंका २०४औं स्थानमा रहेको छ । यस्तै विश्ववरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना रहेको । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

Published Date: 20 July 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग