नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने : Icon Khabar

काठमाडौं, असार ३१ । सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजित कन्क्लेभमा सदस्य सचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्ट्स गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गरेका थिए । कन्क्लेभमा खेल प्रबद्र्धनमा विदेशी नियोग र दुतावास, माउन्टेन स्पोर्ट्स गेम्समा अन्तर सरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ र प्रदेशमा साहसीक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको थियो भने सदस्य सचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि सहभागीले धारणा राखेका थिए ।

कार्यक्रममा विदेशी नियोग तथा दुतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधि सहित विभिन्न सरोकारवाला निकाय सहभागी थिए ।

Published Date: 16 July 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता