नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने : Icon Khabar

काठमाडौं, असार ३१ । सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजित कन्क्लेभमा सदस्य सचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्ट्स गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गरेका थिए । कन्क्लेभमा खेल प्रबद्र्धनमा विदेशी नियोग र दुतावास, माउन्टेन स्पोर्ट्स गेम्समा अन्तर सरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ र प्रदेशमा साहसीक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको थियो भने सदस्य सचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि सहभागीले धारणा राखेका थिए ।

कार्यक्रममा विदेशी नियोग तथा दुतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधि सहित विभिन्न सरोकारवाला निकाय सहभागी थिए ।

Published Date: 16 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक