एपिएफमाथि सानदार जित निकाल्दै पुलिस फाइनलमा

एपिएफमाथि सानदार जित निकाल्दै पुलिस फाइनलमा : Icon Khabar

काठमाडौं, असार २९ । नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए पुरुषतर्फ राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । पुलिस ६ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ को सहज जित हात पारेको हो ।

सुरुवातमा ५–५ को बराबरी भएपनि एपिएफले लगातार तीन अंक जोड्दै खेलमा अघि बढेको थियो । सुरुवातमा एपिएफ १२–८ को अग्रतामा थियो । पुलिसले १३–१३ बराबरी गरेको थियो । पुलिसले लगातार तीन अंकका साथ २०–२० को बराबरी गर्दै पहिलो सेटनै रोमान्चक बनाएको थियो ।

रोमान्चक खेलमा लगातार तीन अंकका साथ पुलिसले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेटमा पुलिसले सुरुवातमा ५–२ को अग्रता लिएको थियो । उक्त अग्रतालाई निरन्तरता दिँदै पुलिसले १२–५ को उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो सेटमा पुलिसले २५–१३ को जितका साथ सेटमा २–० ले अघि बढेको थियो । तेस्रो सेटमा पनि पुलिसले सुरुवात देखिनै अग्रता लियो ।

तेस्रो सेटमा १६–१० को अग्रता लिँदै सहज जितको आधार तय गरेको थियो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा छ । हेल्प नेपाल ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । आर्मी र हेल्प नेपालबीच ५ बजे खेल हुनेछ । उक्त खेलमा हेल्प नेपाल विजयी भएमा स्वत फाइनलमा पुग्नेछ ।

आर्मी फाइनलमा पुग्न ३-१ को सेटको जित हात पार्नुपर्ने हुन्छ । महिलातर्फ पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा हुँदै फाइनलमा पुगेका छन् । महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ ।

Published Date: 14 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक