नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित : Icon Khabar

काठमाडौं, असार २९ । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका ओपनर हसिबउल्लाह खान १२, सैम अयुब २४ र ओमैर बिन युसुफ ३६ रनमा आउट भए । त्यस्तै मोहम्मद तयाब ताहिर ५१ रनमा आउट भए । मोहम्मद हरिस ९ रनमा क्याच आउट भए । कमरन २६ बलमा ३१ रनमा आउट भए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ८.५ ओभरमा ५० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै पवन सरार्फले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

त्यसअघि श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट हुन पुगेको थियो । नेपालका लागि अलराउन्डर सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको एक उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि।सी र सोमपाल कामीले ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । युवा बलर प्रतिशले २४ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडे । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।

कुशल मोहम्मद वासिम जुनियरको बलमा बोल्ड हुँदै १८ बलमा २ चौका र १ छक्का प्रहारका साथ पेभेलिएन फर्किए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएका थिए । पाकिस्तानको सिनियर टोलीबाट खेली सकेका तीव्र गतिका बलर शाहनबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए ।

दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर आसिफ शेख १२ रनमा क्याच आउट भए । जुनियरको पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट ४ रनमा समातिन पुगेका थिए ।

जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भएपछि नेपाल ७.४ ओभरमा ३७–५ को दयनीय अवस्थामा पुगेको थियो । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे ।

पाकिस्तानको जितमा शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार भारत ए सँग खेल्नेछ । तेस्रो खेल बुधबार युएई ए सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू