कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असार २९ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ । एक दिने नेपाल भ्रमणमा आएका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 14 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी