कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असार २९ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो । अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भनेको छ । एक दिने नेपाल भ्रमणमा आएका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 July 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग