एमाले नेताहरु बालुवाटार पुगेर प्रकट गरे प्रधानमन्त्री प्रचण्डलाई समवेदना

एमाले नेताहरु बालुवाटार पुगेर प्रकट गरे प्रधानमन्त्री प्रचण्डलाई समवेदना : Icon Khabar

काठमाडौं, असार २९ । पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना प्रकट गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेताहरू बालुवाटार पुगेका छन् । प्रचण्ड पत्नी सीता दाहालको बुधबार निधन भएको थियो ।

आज (शुक्रबार) एमाले महासचिव शंकर पोखरेलसहितको टोली बालुवाटार पुगेको हो । उनीसँगै एमाले नेता पद्मा अर्याल पनि बालुवाटार पुगेकी थिइन् । त्यसअघि एमाले उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेल, सचिवहरू पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, राष्ट्रियसभा सांसद विमला राई पौड्याललगायत नेताहरू बालुवाटार पुगेका थिए ।

‘तपाईंको दुःखमा हाम्रो साथ छ, धैर्य धारण गर्ने शक्ति मिलोस् भन्यौं’, प्रचण्डसँगको भेटबारे नेम्वाङले बताए । सो अवसरमा प्रचण्डले दुःखमा साथ दिन आएकोमा कृतज्ञता प्रकट गरेको उनले बताए ।

Published Date: 14 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक