भक्तपुरमा व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु सार्वजनिक

भक्तपुरमा व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु सार्वजनिक : Icon Khabar

भक्तपुर, पुष २१ । भक्तपुर जिल्लाका व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु बुधबार सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार एक कार्यक्रम गर्दै उक्त शर्तहरु समावेस गरि बुलेटिन सार्वजनिक गरेको हो।

भक्तपुर जिल्लामा रहेका व्यवसायीहरुले आ आफ्नो व्यवसाय अन्तर्गत अनिवार्यरुपमा पालना गर्नुपर्ने शर्तहरु पूर्णरुपमा जानकारी होस भनि यो बुलेटिन निकालेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताए। बजार अनुगमनका क्रममा देखिएका व्यवसायीहरुको कमजोरीलाइ लिएर बुलेटिन तयार गरिएको उनले बताए।

अनुगमन हुन अघि नै व्यवसायीहरुलाई पालना गनुपर्ने दायित्वको विषयमा सूचनामूलक जानकारी दिने र बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्तको अधिकार संरक्षण गर्ने उद्धेश्यले यो बुलेटिन प्रकाशन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2023
Website | + posts