दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने

दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने : Icon Khabar

काठमाडौँ, पुष २१। सर्वोच्च अदालत काठमाडौँले रिसाइकल सिमकार्डको खरिद बिक्री रोक्न अन्तरिम आदेश जारी गरेको छ । टेलिकमले ६ महिनाभन्दा बढी समयदेखि निष्क्रिय रहेका सिमकार्डहरू रिसाइकल गरी पुनः बिक्री गर्दै आएको छ । यसले अघिल्लो प्रयोगकर्ताको मोबाइल बैंकिङ, सामाजिक सञ्जालको पासवर्ड लिने जस्ता समस्याहरू निम्त्याएको छ।

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायकहरूले सिम रिसाइकल गर्ने विषय र कारणबारे पनि सोधेको छ। अन्तरिम आदेशले टेलिकमलाई १५ दिनभित्र आदेश र टेन्डरको प्रतिलिपिसहित वैध प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । अदालतले मन्त्रालयलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेश गर्न पनि निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ साल चैत २ गते छ महिनासम्म प्रयोगविहीन सिमकार्ड सेवा प्रदायकले निष्क्रिय गर्ने व्यवस्था लागू गरेको थियो। पछि २०७७ भदौमा उक्त व्यवस्थालाई परिमार्जन गर्दै एक वर्षसम्म निष्क्रिय सिमकार्ड बेच्न नपाइने र सो समय पुगेपछि भने बिक्री गर्न पाउने व्यवस्था प्राधिकरणले गरिदिएको थियो। सोही व्यवस्थाका आधारमा पछिल्ला दुई वर्षयता सेवा प्रदायकले निष्क्रिय सिमकार्ड अन्य व्यक्तिलाई पुनः बिक्री गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 05 January 2023
Website | + posts