काठमाडौँ, पुस २१ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदी को मूल्य आज पनि सार्वजनिक गरेको छ। महासंघले गरेको विवरण अनुसार आज बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ ।
बुधबार प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो ।
महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य बुधबार रु एक लाख दुई हजार चार सय थियो ।
Published Date: 05 January 2023