जाडो मौसममा नगरकोटबाट देखिएको सुन्दर हिमाली दृश्य

जाडो मौसममा नगरकोटबाट देखिएको सुन्दर हिमाली दृश्य : Icon Khabar
तबिर: किरण सुवाल

भक्तपुर, पुष २१। नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वकोसर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।

यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोट भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो ।

नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ। नगरकोटबाट देखिने उत्तरका चाँदिका शिखरले बिहान र बेलुकी सुनौलो रङ्ग फेर्दाको मनोहरितामा कुनै कविको कविता फुर्दछ भने कुने संगितकारको मानसपटलमा सांगीतिक रचना। मन्दिरै मन्दिरको सहर भनिने हाम्रो देशको राजधानी काठमाडौँ घुम्न आउने पर्यटक मध्ये अधिकांश पर्यटकहरूले नगरकोटको भ्रमण गर्ने गर्दछन साथै काठमाडौँ निवासीहरूचाहिँ आफ्नो व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई थातीराख्दै केही समय प्रकृतिसँग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन।

नगरकोट रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ। यहाँ साधारण देखि लिएर अति महँगा र सुविधा सम्पन होटल, रेष्टुराँ तथा लजहरू रहेका छन, जसले कुनै पनि देश, संस्कृति र स्तरका पर्यटकको आवश्यकताको पूर्ति गर्दछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2023
Website | + posts