दुर्घटनाग्रस्त मनाङ एयरमा सवार पाँचै जना मेक्सिकन नागरिक

दुर्घटनाग्रस्त मनाङ एयरमा सवार पाँचै जना मेक्सिकन नागरिक : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, असार २६ । आज (मंगलबार) सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ ।

हेलिकोप्टरमा मेक्सिकन नागरिक भएको खुलेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उक्त हेलिकोप्टर त्यसपछि सम्पर्कविहीन भएको थियो ।

विमान लामाजुरा नजिक दुर्घटना भएको खबर स्थानीयले दिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ ।

मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने