दुर्घटनाग्रस्त मनाङ एयरमा सवार पाँचै जना मेक्सिकन नागरिक

दुर्घटनाग्रस्त मनाङ एयरमा सवार पाँचै जना मेक्सिकन नागरिक : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, असार २६ । आज (मंगलबार) सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ ।

हेलिकोप्टरमा मेक्सिकन नागरिक भएको खुलेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उक्त हेलिकोप्टर त्यसपछि सम्पर्कविहीन भएको थियो ।

विमान लामाजुरा नजिक दुर्घटना भएको खबर स्थानीयले दिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ ।

मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।

Published Date: 11 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु