मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो : Icon Khabar

काठमाडौं, असार २६  । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।

दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ । यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना भएकोे क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने