मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो : Icon Khabar

काठमाडौं, असार २६  । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।

दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ । यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना भएकोे क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।

Published Date: 11 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु