बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि २० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि २० अर्ब तान्दै राष्ट्र बैंक : Icon Khabar

काठमाडौं, असार २६ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले मंगलबा २० अर्ब रुपैयाँ खिच्ने भएको छ। अघिक तरलता हुँदा केन्द्रिय बैंकलाई ब्याजदर करिडोरअनुसार ब्याजदर कायम गर्न गाह्रो परेको छ।

राष्ट्र बैंकले मंगलबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ खिच्न लागेको हो। अन्तरबैंक ब्याजदर १ प्रतिशतमा झरेपछि केन्द्रिय बैंकले उक्त रकम बैंकहरुबाट तान्न लागेको हो। उक्त रकम केन्द्रिय बैंकले २ साताको लागि खिच्न लागेको छ।

अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन। कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर १ प्रतिशतमा झरेको छ।

राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ। सोहि अनुसार केन्द्रिय बैंकले बजारबाट तरलता तान्न लागेको हो।

आर्थिक वर्षको अन्तिममा सरकारको खर्च पनि बढ्ने भएकोले बैंकहरुमा निक्षेप संकलन बढ्ने छ। तर कर्जा लगानी भने नभएकोले अझै तरलता बढ्दै जाने देखिएको छ।

केन्द्रिय बैंकको तथ्याँक अनुसार बैंकहरुको औसत सिडि रेशियो ८२ प्रतिशतमा झरेको छ।

अहिले बैंकहरुमा लगानीयोग्य रकम अघिक भएकोले सरकारी ऋणपत्रको ब्याजदर पनि घट्दै गएको छ। ट्रेजरी विल्सको ब्याजदर नीतिगत दरभन्दा तल झरेको छ। भने विकास ऋणपत्रको ब्याजदर पनि डेढ वर्ष यताकै न्यून विन्दुमा छ।

Published Date: 11 July 2023
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो