काठमाडौंका सार्वजनिक स्थलमा साउन १ बाट धुम्रपान र मद्यपान निषेध

काठमाडौंका सार्वजनिक स्थलमा साउन १ बाट धुम्रपान र मद्यपान निषेध : Icon Khabar

काठमाडौं, असार २६  । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा मद्यपान गर्न निषेध गर्ने नयाँ नियमावली सार्वजनिक गरेको छ ।

प्रतिबन्धको प्रारम्भिक चरणमा बानेश्वर क्षेत्रमा लागु गरिने छ, जसलाई विस्तारै काठमाडौं महानगरका ३२ वडामा विस्तार गर्ने योजना छ । यो अभियान सञ्चालन गर्न केएमसी र बानेश्वर ट्रेड युनियनले सहकार्य गरिरहेका छन् ।

सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो। आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले बताए।

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्दा अन्य व्यक्तिलाई पनि उत्तिनै असर गर्ने हुँदा निषेध गर्न लागिएको हो।  धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ।

एक वर्षअघि पनि महानगरले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो, तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः शुरु गर्न लागिएको जनाइएको छ।

सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्छ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने