सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर

सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर : Icon Khabar

सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर रहेको छ । मंगलबार पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक् लाख १० हजार ७५० रुपैयाँ कायम रहेको छ । सोमबार पनि सुनको भाउ स्थिर रहेको थियो । यस अघि आइतबार सुनको भाउ बढेको थियो । त्यस दिन सुन तोलामा ७०० रुपैयाँले महंगिएको थियो ।

चाँदीको भाउ पनि आइतबारदेखि एकै भाउमा खरिदबिक्री भइरहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अन्तरराष्ट्रिय बजारमा भने मंगलबार सुनकाे भाउ वृद्धि भएकाे छ । आज साे बजारमा सुन प्रति अउन्स १० डलर भन्दा बढिले बढेकाे छ । यतिबेला सुन प्रतिअउन्स एक हजार ९३५ डलर बराबरमा काराेबार भइरहेकाे छ ।  चाँदी पनि यस दिन उकालाे लाग्दा प्रतिअउन्स २३ डलर भन्दा बढिमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने