सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर

सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर : Icon Khabar

सुनचाँदीको मूल्य लगातार दुई दिनदेखि स्थिर रहेको छ । मंगलबार पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक् लाख १० हजार ७५० रुपैयाँ कायम रहेको छ । सोमबार पनि सुनको भाउ स्थिर रहेको थियो । यस अघि आइतबार सुनको भाउ बढेको थियो । त्यस दिन सुन तोलामा ७०० रुपैयाँले महंगिएको थियो ।

चाँदीको भाउ पनि आइतबारदेखि एकै भाउमा खरिदबिक्री भइरहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अन्तरराष्ट्रिय बजारमा भने मंगलबार सुनकाे भाउ वृद्धि भएकाे छ । आज साे बजारमा सुन प्रति अउन्स १० डलर भन्दा बढिले बढेकाे छ । यतिबेला सुन प्रतिअउन्स एक हजार ९३५ डलर बराबरमा काराेबार भइरहेकाे छ ।  चाँदी पनि यस दिन उकालाे लाग्दा प्रतिअउन्स २३ डलर भन्दा बढिमा किनबेच हुँदैछ ।

Published Date: 11 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु