काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन् । उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले असार १८ गते आफूले बोलेको विषय भावनात्मक भएको स्पष्ट पारेका हुन् । उनले सोमबार प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै आफूले त्यस दिन नबोलेको भए पनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताए ।
‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नु पथ्र्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, प्रचण्डले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधिनताका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, उनले प्रश्न गरे ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar