लगातार तेस्रो जितसँगै पुलिसको फाइनल सम्भावना बलियो

लगातार तेस्रो जितसँगै पुलिसको फाइनल सम्भावना बलियो : Icon Khabar

काठमाडौं, असार २५ । नेपाल पुलिस क्लबको महिला टोलीले सातौ प्रधानमन्त्री कप ए.भि.ए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० मा लगातार तीन जित निकालेको छ ।

आज सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो । यस जित संगै पुलिसको ९ अंक भएको छ । यस अघि पुलिसले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।

पुलिस ३ खेलमा ९ अंकका साथ शीर्षस्थानमा छ । न्यू डायमण्ड २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ २ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ ।

Published Date: 10 July 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय