भक्तपुरको ऐतिहासिक ङातापोल्हँ (न्यातपोल) मन्दिर

भक्तपुरको ऐतिहासिक ङातापोल्हँ (न्यातपोल) मन्दिर : Icon Khabar
तस्बिर: किरण सुवाल

भक्तपुर, पुष २१। ङातापोल्हँ (न्यातपोल) मन्दिर भक्तपुरको टौमढि क्षेत्रमा अवस्थित छ । यसको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिइन्छ ।

यो मन्दिर जम्मा सात महिनामा निर्माण गरिएको मानिन्छ । यस मन्दिरको निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्ती आदि ठाउँका बासिन्दाहरूले पनि सहयोग गरेको उल्लेख गरिएको छ ।

उपत्यकाका राज्यहरूसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा राजा भुपतिन्द्र मल्लले आफ्नो शक्ति प्रदर्शनको लागि छिटो भन्दा छिटो यस मन्दिरको निर्माण गरी भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरूलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो । यस भोजमा लगभग २३ हजार जना मानिसहरूको उपस्थिति थियो जुन भक्तपुरका बासिन्दा भन्दा ४ दोब्बर हुन्थ्यो ।
यो नेपालको सबैभन्दा अग्लो (१०८ फिट ३३.२३ मिटर) नेपाली शैलीको मन्दिर हो ।

ने .से .८२२ कातिक – ८२२ जेष्ठ ६ महिनाको अवधिमा तत्कालीन भक्तपुरका राजा भुपतिन्द्र मल्लले निर्माण सम्पन्न गराएका थिए । यो नेपालको सबैभन्दा अग्लो (१०८ फिट ३३.२३ मिटर) नेपाली शैलीको मन्दिर हो ।

यो मन्दिरमा पूजा आज्ञा गर्न पूजारी र तोकिएको व्यक्ति बाहेक अन्य मन्दिरमा जस्तो सर्वसाधारणको प्रवेश छैन. मन्दिर कहिल्यै खुला रहदैन। भित्र एउट ढुंगामा कलात्मक सिद्धिलक्ष्मीको मूर्ति रहेको छ।

Published Date: 05 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय