नेप्सेले दियो सात ब्रोकरलाई सदस्यता प्रमाणपत्र

नेप्सेले दियो सात ब्रोकरलाई सदस्यता प्रमाणपत्र : Icon Khabar

काठमाडौं, असार २२ । नेप्सेले सात ब्रोकर कम्पनीलाई सदस्यता प्रमाणपत्रसँगै ब्रोकर नम्बर दिएको छ । नेपाल स्टक एक्सचेन्जले पहिलो चरणमा आशय प्रत्र पाएका नयाँ ब्रोकर कम्पनीलाई ब्रोकर नम्बर प्रदान गरेको हो ।

सदस्यताको प्रमाणपत्रसँगै भोले गणेश सेक्युरिटिजले ब्रोकर नम्बर ६१ पाएको छ। त्यसैगरि क्यापिटल म्याक्स सेक्युरिटिज ब्रोकर नम्बर ६२ पायो। उता हिमालय ब्रोकरेजले ब्रोकर नम्बर ६३ पाएको छ भने सन सेन्युरिटिज ब्रोकर नम्बर ६४ हुने भएको छ। शेयर प्रो सेक्युरिटिजले ब्रोकर नम्बर ६५ मार्फत कारोबार गर्ने छ भने मियो सेक्युरिटिज ब्रोकर नम्बर ६६ मार्फत सञ्चालनमा आउने छ। प्रोपर्टी विजार्ड लिमिटेड ब्रोकर नम्बर ६७ को रुपमा रहने छ।

नेप्सेबाट अझै १० कम्पनीले सदस्यता पाउन वाँकी छ ।

Published Date: 07 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक