विश्वविद्यालय खेलकुद माघ दोश्रो सातापछि

विश्वविद्यालय खेलकुद माघ दोश्रो सातापछि : Icon Khabar

काठमाडौं, असार २२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ ।

प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता माघ महिनामै सम्पन्न गर्ने गरी माघको दोश्रो सातापछि आयोजना गर्ने सहमति भएको हो । तत्कालका लागि प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गर्ने, उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता तथा खेलाडीको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा रहेका आफ्नो पूर्वाधार सम्बन्धित विश्वविद्यालयलाई प्रयोग गर्न दिनेलगायतका विषयमा पनि सहमति भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको समन्वयमा राखेपले सरोकारवालासंग छलफल अघि बढाएर स्पष्ट खाका तयार गरी विश्वविद्यालय खेलकुदलाई स्थापित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदसंग सारोकालवालाले खेलकुद वर्षको सुरुआत गर्नु पर्ने धारणा राख्दै खेलकुदलाई चलायमान बनाउन विश्वविद्यालय मुख्य शक्ति भएको बताए ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको वास्तविक विकासका लागि बृहत राष्ट्रिय खेलकुदमा मात्र भर पर्न नहुने मान्यतालाई आत्मासात् गर्दै परिषद्ले विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाइ रहेको बताए । उनले खेलकुद अत्तिरिक्त क्रियाकलाप नभइ अनिवार्य क्रियाकलाप हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउदै सरोकारवाला सबैको साथ र सहयोगले मात्र खेलकुदको विकास सम्भव हुने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अन्तरक्रियाबाट धेरै कुरा बुझ्ने अवसर पाएको बताउदै खेलकुद र खेलाडीको महत्व ठूलो भएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव इमनारायण श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, खुला विश्वविद्यालयका प्रतिनिधिलगायत उपस्थिति रहेको थियो ।

Published Date: 07 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक