अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ : Icon Khabar

कञ्चनपुर, असार २२ । भिमदत्त नगरपालिका-९ तुमडाडिबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका-१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका-७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागञऔषध खैरो हिरोईन ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय रोहित बुढा थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदाबरी नगरपालिका-७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ धनगढीस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलीग्रामसहित सोही नगरपालिका-५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 07 July 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली