घोराही सिमेन्टको आइपीओ पुनः बिक्री खुला

घोराही सिमेन्टको आइपीओ पुनः बिक्री खुला : Icon Khabar

काठमाडौं, असार २१ । घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आज असार २२ गते शुक्रबारदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो ।

यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ बिक्री खुला गरेको जनाएको छ ।

यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।

तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।घोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2023
Website | + posts